काठमाडौँ । स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गर्दै स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा एकीकृत जन्शाकित प्रक्षेपण तयार गर्न देशका सबै स्थानीय तह र प्रदेशसँग दरबन्दी विवरण मागेको बताएको छ ।
मन्त्री प्रतिभा रावलले स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको प्रति अभियान नै चलाएर कर्मचारी पठाउने प्रक्रिया शुरु गरेकी छन् । उनले ढिलासुस्ती, जिम्मेवारीमा अस्पष्टता तथा सेवा प्रवाहमा कमजोरी देखिन नहुने भन्दै सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई मार्ग प्रशस्त गर्न समेत चेतावनी दिएकी छन् ।




