प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकपमा देवदहको विजयी शुरुवात

by समतल अनलाइन
73Shares

बुटवल। रुपन्देहीमा विहिबारदेखि सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा भएको उद्घाटन खेलमा देवदह ब्यायज विजयी शुरुवात गरेको हो । दीपनगरस्थित खेलमैदानमा भएको खेलमा देवदहले गोर्खा ब्यायज एफसी २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफ बराबरी भएको थियो । दोस्रो हाफमा भने देवदहले खाता खोल्यो । खेलको ४६ औ मिनेटमा फोडे फोफोनाले गोल गरे । खेलको ७४ प्लस औ मिनेटमा निर बहादृर थापाले अर्को गोल थप्दै जित सुनिश्चित गरे । अब देवदहले हनामी बिएफसी चितवनसंग क्वाटरफाईनलमा खेल्नेछ । खेलमा फोडे फोफोनाले प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार सम्पूर्ण एफसी तिलोत्तमा र फोर ब्रदर्श सरावल नवलपरासीका बिचमा खेल हुने क्लबका सचिव प्रकाश क्षेत्रीले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मुख्य रेफ्रि माया लामालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, वडा नं ७ का वडाअध्यक्ष पदम बहादुर गाहा, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनोज गौचन, सौभाग्य युवा क्लबका अध्यक्ष सुजु मल्ल, क्लबका उपाध्यक्ष राजेन्द्र रिजालले प्रतियोगिता आयोजनाबारे प्रकाश पारे ।

प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिनेछन । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।

You may also like