एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

by समतल अनलाइन
64Shares

काठमाडौं।लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ।

उक्त घटनासम्बन्धी मुद्दा नचलाउने रायसहित तयार पारिएको फाइल जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंबाट उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालय पुगेको थियो।

बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार पारेका थिए।

You may also like