बुटवल।बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले माध्यमिक तह परीक्षा(कक्षा १२)मा सहभागी विद्यार्थीहरुको लागि विदाई तथा शुभकामना कार्यक्रम गरेको छ । एसएलसी परीक्षा २०८२ मा सहभागी हुने विद्यार्थीहरूका लागि कक्षा ११ का विद्यार्थीद्वारा बिदाइ तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता कक्षा ११ विज्ञान समूहका विद्यार्थी सुदर्शन न्यौपानेले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक तथा सल्लाहकार समितिका संयोजक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकको शिशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष इन्द्रमणी अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका सदस्य, सआयक प्रधानाध्यापक, विद्यागत ईन्चार्जलगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुलाई आउँदै गरेको कक्षा १२ को बोर्ड परिक्षामा सार्वेत्कृष्ठ अंक सहित विद्यालयको नाम सहित आफ्नो नाम समेत उच्च राख्नेमा आफु विश्वस्त भएको भन्दै शैक्षिक सफलताको शुभकामना दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरुको शैक्षिक समुज्जवल भविश्यको कामना गर्दै आगामी दिनमा थप शैक्षिक प्रगतिको कामना व्यक्त गरेका थिए । अनुशासनलाई उच्च प्रथमिकता दिदै सोही अनुसार अगाडी बढेमा सफलताको उच्च श्रेणीमा पुग्न सकिने भन्दै प्रधानाध्यापक थापाले कक्षा १२ को परिक्षाको पूर्ण सफलताको कामना व्यक्त गरे ।
विद्यालयका अतिरिक्त क्रियाकलप प्रमुख विवेकराज पोखरेलको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालक कक्षा ११ विज्ञानमा अध्ययनरत विद्यार्थी विमर्श बस्नेत र मुना भुसालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कक्षा ११ की छात्रा हिमानी थापा, धन्यवाद मन्तव्य कक्षा १२ का विद्यार्थी शिशिर मल्लले व्यक्त गरेका थिए ।




