92
काठमाडौं । काठमाडौँको बानेश्वर क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरीले एमाले कार्यकर्तामाथि लाठिचार्ज गरेको छ । सो क्रममा केहि कार्यकर्ता घाइते समेत भएका छन् ।
ओलीको रिहाइको माग गर्दै एमालेका नेता तथा कार्यकर्ता माइतीघरमा गरेको प्रदर्शनपछि उनीहरु नयाँ बानेश्वर क्षेत्रमा पुगेका थिए।
आज उनीहरुले अध्यक्ष ओली पक्राउको विरोधमा काठमाडौँ जिल्ला प्रशासनमा विरोध पत्र समेत बुझाएका थिए ।




