प्रदर्शनमा उत्रिएका एमालेका ७ कार्यकर्ता पक्राउ

by समतल अनलाइन
85Shares

काठमाडौं । सिंहदरबार को दक्षिण गेट क्षेत्रमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै विरोध जनाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सरकारी मुख्य प्रशासनिक केन्द्र अगाडि अनुमति बिना प्रदर्शन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई सोधपुछका लागि हिरासतमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

यसअघि पनि सिंहदरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको अवस्थामा त्यहाँ हुने प्रदर्शनलाई प्रहरीले कडाइका साथ नियन्त्रण गर्दै आएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्नु कानुनविपरीत मानिने भएकाले सुरक्षा सतर्कता बढाइएको बताइएको छ।

पछिल्लो समय राजधानीमा राजनीतिक तथा नागरिक आन्दोलनहरू बढ्दै जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

You may also like