रास्वपामा वालेन्द्र शाहलाई संसदीय दलको नेतामा प्रस्ताव, केन्द्रीय समितिबाट सर्वसम्मत पारित

by समतल अनलाइन
84Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह लाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्ताव पार्टीको केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ।
यस निर्णयसँगै अब रास्वपाको संसदीय गतिविधि तथा संसदभित्रको नेतृत्व वालेन्द्र शाहले सम्हाल्ने भएका छन्। पार्टीभित्र सहमति र एकताको सन्देश दिने गरी यो निर्णय गरिएको नेताहरूले बताएका छन्।
रास्वपाले संसदीय दलको नेतृत्वमार्फत संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

You may also like