तिलोत्तमामा ट्रकको ठक्करबाट बुटवलका २१ वर्षीय युवकको मृत्यु

by समतल अनलाइन
109Shares

बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा सवारी दुर्घटनामा बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार, मंगलबार विहान भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले गुप्ताको सवार मधेश प्रदेश ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइते अवस्थामा उद्धार गरिएको गुप्तालाई क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।

ट्रक चालक, सप्तरी जिल्ला सुरुङ्गा–१ का २९ वर्षीय मुकेश कुमार चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गर्दैछ।

You may also like