पश्चिमी वायुको प्रभाव: देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

by समतल अनलाइन
76Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने देखिएको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

You may also like