पश्चिमी वायुको प्रभाव: देशका पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
60Shares

काठमाडौँ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार सोमबार बिहान गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने जनाइएको छ।

त्यस्तै, सोमबार राति पनि देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली कायम रहने अनुमान गरिएको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मौसमका कारण हुन सक्ने जोखिमप्रति सचेत रहन नागरिकलाई आग्रह गरेको छ।

You may also like