सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

by समतल अनलाइन
109Shares

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १२ हजार ५०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा ३५५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदी प्रतितोला कारोबार भइरहेको ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

You may also like