मौसम सुधारिँदै, पाल्पामा भने सबैभन्दा धेरै वर्षा

by समतल अनलाइन
75Shares

काठमाडौं । शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने प्रणाली कमजोर भएसँगै देशभर मौसममा सुधार आएको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार अब हिजो र आज बिहानजस्तो भारी वर्षा नहुने बताइएको छ।

उनका अनुसार प्रि–मनसुनका गतिविधि भने कायम रहनेछन्। आइतबार पनि आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। हाल पूर्वी क्षेत्रसहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जुन क्रमशः कम हुँदै जाने उनको भनाइ छ।

वर्षा गराउने मुख्य प्रणाली बाहिरिए पनि प्रि–मनसुन अवधिमा घाम लाग्ने र फेरि बदली हुने क्रम भने जारी रहनेछ। तर तत्काल ठूलो र लामो समयसम्मको वर्षा हुने सम्भावना नरहेको मौसमविद् पोखरेलले स्पष्ट पारिन्।

विभागका अनुसार अहिले कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टाको विवरणअनुसार पाल्पामा सबैभन्दा धेरै ७५.८ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै रूपन्देहीमा ७५.२, मोरङमा ६३.८, धनकुटामा ६३.२ र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ।

You may also like