बुटवल । कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
शनिबार मन्दिरमा भजन गाउँदा भएको तोडफोडलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव भएको थियो।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो।
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबिच तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
उक्त आदेशको उल्लंघन गर्नेलाई नियनत्रणमा लिएर कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ । सूचनामा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।



