नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

by समतल अनलाइन
37Shares

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण चैत १२ गते हुने भएको छ।संघीय संसद् सचिवालयले राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिसँग बिहीबार गरेको छलफलपछि शपथको मिति तय गरेको हो।

सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सो दिन दिउँसो २ बजे शपथ कार्यक्रम आयोजना गरिनेछ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले पनि नवनिर्वाचित सदस्यहरूको शपथग्रहण मिति निर्धारणलगायत विषयमा छलफल भएको जानकारी दिएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद्मा प्रतिनिधित्व गर्नेछन्। साथै एक स्वतन्त्र सांसद पनि रहनेछन्।

निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेको छ।

You may also like