कालिका कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीद्धरा छात्रवासका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

by समतल अनलाइन
33Shares

बुटवल।कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल १२ रामनगर (सेक्टर२) व्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरुले सोही विद्यालयका छात्रवासमा बसेर अध्ययन गर्दै आएका विपन्न विद्यार्थीहलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

कक्षा १२ को बोर्ड परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुले आफुले जम्मा गरेको स–सानो रकम बाट विद्यालयको छात्रवासमा रहेर अध्ययन गर्दै आएका विपन्न, बेशाहारा विद्यार्थीहरुको लागि स्टेशनरीमा कापी, कलम, पाठ्य सामग्री सहितका सहयोग प्रदान गरेका हुन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक (सेक्टर२) विष्णुहरी ज्ञवाली सहित विद्याय विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीतामा उक्त सहयोग प्रदानगरिएको हो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुले गरेको रचनात्मक सामाजिक उत्तरदायित्वसहितको कार्यको उच्च प्रंसासा गरेका थिए । कक्षा १२ पुरा गरेर उच्च शिक्षा अध्ययनको लागि जाने विद्यार्थीहरुको लागि उच्च शैक्षिक सफलताको कामना समेत व्यक्त गरेका थिए । उक्त सामाजिक उत्तरदायित्व सहितकोकार्यक्रमको संयोजन विद्यालयका सेक्टर २ ईन्चार्च कृष्ण गौतमले गरेका थिए ।

कार्यक्रमको सञ्चाल कक्षा १२ का विद्यार्थी आशिस खराल गरेका हुन । कार्यक्रममा छात्रावास संयोजक सहित, कक्षा व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक र कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

You may also like