काँग्रेसको १८औं जित, इलाम- १ बाट निस्कल राई विजयी

by समतल अनलाइन
93Shares

काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कलले १४ हजार ५४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ९ हजार १६० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ७ हजार ६६२ मत प्राप्त गरेका छन् ।

यो काँग्रेसको १८औं जित हो । यसअघि काँग्रेसका मुगुबाट खड्ग शाही विजयी भएका थिए । उनले ७ हजार ९९४ मत प्राप्त गर्दै एमालेका पूर्णबहादुर रोकायलाई पराजित गरेका छन् । त्यसअघि बाजुराबाट जनकराज गिरी १७ हजार १७३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै रौतहट- २ बाट मोहमद फिरदोश आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने पाँचथरबाट नरेन्द्र कुमार केरुङले १७ हजार २३३ मत प्राप्त गरेर जित हासिल गरेका छन् । त्यस्तै पाल्पा- १ मा सन्दीप राना १८ हजार ३३६ मत प्राप्त गरेर विजयी भएका छन् भने कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यसैगरी जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका थिए भने डोटीमा भारतबहादुर खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै अछाम- १ मा भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गरेर विजयी भएका छन् भने दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै सुर्खेत- १ मा विष्णुबहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

त्यस्तै सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका छन् भने हुम्लाबाट जय्पति रोकाय ८ हजार ७९७ मत प्राप्त गरेर जितेका छन् ।

You may also like