97
काठ। देशैभर घण्टीले उभार ल्याइरहेका बेला खोटाङमा हर्क साम्पाङको पार्टी श्रम संस्कृतिले खाता खोलेको छ ।
खोटाङका उम्मेदवार आरेन राईले १६ हजार ६१२ मत ल्याएर विजयी भएका हुन् ।
एउटै निर्वाचन क्षेत्र रहेको खोटाङका मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले लोकान्तरसँग भने, ‘उहाँलाई हामीले विजयी घोषणा गर्ने तयारीमा छौं, प्रमाणपत्र दिँदै छौं।’
राईका प्रतिस्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याए भने कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याए ।
चौथो नम्बरमा रहेका नेकपाका उम्मेदवार हरि रोक्काले ९ हजार ४४३ मत ल्याए भने रास्वपाका उम्मेदवार रुद्र गिरी पाँचौंमा सीमित हुन पुगे ।
उनले जम्मा पाँच हजार ७०४ मत मात्रै ल्याए ।


