75
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस ले पाँच निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।
प्राप्त मतपरिणाम अनुसार मनाङ–१ मा टेकबहादुर गुरुङ, मुस्ताङ–१ मा योगेश गौचन थकाली, दैलेख–१ मा बासना थापा, तेह्रथुममा सन्तोष सुब्बा र रसुवामा मोहन आचार्य विजयी भएका छन्।
निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रको मतगणना भने अझै जारी रहेको जनाएको छ।


