65
झापा । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले २८ हजार बढी मत प्राप्त गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गरेका छन्।


