90
काठमाडौँ । काठमाडौँ- ३ बाट रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।
पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ७ हजार ५८६ मत अन्तरले पराजित गरेका हुन् । पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । त्यस्तै कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा नेपाली काँग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् भने एमल का रामेश्वर फुयालले ३ हजार ५१६ मत प्राप्त गरेका छन् ।
यो अहिलेसम्म रास्वपाको चौथो जित हो । रास्वपाले काठमाडौँ- १, ६ र ८ मा जितिसकेको छ ।


