गुल्मीमा मतदान सम्पन्न भएपछि सवारीसाधन चल्न पाउने

by समतल अनलाइन
85Shares

काठमाडौं । गुल्मी जिल्लामा बुधबार राति १२ बजेबाट सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको नियन्त्रण बिहीबार बेलुका पाँच बजेपछि खुल्ने भएको छ ।

जिल्लामा राति बाह्र बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको हल्ला व्याप्त भएपछि जिल्ला प्रशासन कार्यालय, गुल्मीले मतदान सम्पन्न भएसँगै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन खुला गरिने जनाएको छ ।

जिल्लामा बुधबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हल्ला फैलिएको भए पनि मतदानपछि यातायात सञ्चालनमा कुनै दीर्घकालीन प्रतिबन्ध नरहने स्पष्ट गरिएको हो ।

यस विषयमा जानकारी लिन विकासन्युजले जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरेको थियो । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मतदान प्रक्रिया सकिएलगत्तै सवारीसाधन सञ्चालन गर्न दिइने जानकारी दिए । उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा लगाइएको नियन्त्रण मतदान सम्पन्न भएपछि स्वतः हट्ने बताए ।

गैरेले भने, ‘तत्काल सुरक्षामा कुनै खतरा नदेखिएसम्म मतदान सकिएपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा कुनै अवरोध हुँदैन ।’

उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मात्र केही समयका लागि सवारी आवागमनमा निगरानी बढाइएको हो ।

जिल्ला प्रशासनले मतदानको समयमा अनावश्यक भीडभाड र सम्भावित अप्रिय घटनालाई नियन्त्रण गर्न सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रशासनले सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ । मतदान सकिएपछि बेलुका पाँच बजेदेखि यातायातका साधन नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ

You may also like