उम्मेदवारको गाडीमा फेला परेको बम डिस्पोज, उम्मेदवारसहित चार जना प्रहरी हिरासतमा

by समतल अनलाइन
79Shares

काठमाडौँ ।विष्फोटक पदार्थ (बम)सहित फेला परेका पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चल्ने भएको छ ।

उनी सवार गाडीमा गए राति फेला परेको बम भने नेपाली सेनाले डिस्पोज गरिसकेको जिल्ला प्रहरी, पर्साका डीएसपी हरि बस्नेतले बताएका छन् ।

वीरगञ्जको बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा१०च १२५० नम्बरको रातो कारबाट बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको थियो । शंकास्पद सामना फेला पर्नासाथ उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र गाडी चालकलाई सेनाले नियन्त्रणमा लिएको थियो । उनीहरू अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी बस्नेतले बताए।

डीएसपी बस्नेतका अनुसार नेपाली सेनाले दिने रिपोर्टका आधार चारै जनाविरुद्ध फौजदारी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिने भएको छ । कार्यालय खुलेपछि जिल्ला अदालतमा म्याद थप गरिने उनले बताएका छन् ।

You may also like