56
काठमाडौँ।सरकारले नेपाल मा विसं २०८३ सालका लागि सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो भने निर्णय राजपत्रमा प्रकाशित गरिएको छ।
राजपत्रमा उल्लेख छ, ‘नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व र सट्टा बिदा तथा कार्यालय समय निर्धारण गरेकोले यो सूचना प्रकाशन गरिएको छ।’


