100
देवदह । रुपन्देहीको देवदहमा गएराती भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह-५ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन विष्टले जानकारी दिए ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१-००१ ख ०८१६ नं को बसले विपरित दिशा तर्फ आउँदै गरेको लु ९२ प ७९९० नं को स्कुटरलाई देवदह-९ घोडाहा काँटा चोकमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परि देवदह-५ कै २८ बर्षिय कृष्ण पाईजा घाइते भएका छन् ।
राती १० : ३० बजे बसले स्कुटरलाई ठक्कर दिएको र तत्काल उद्धार गरि पाण्डे र पाइजा दुवैजनालाई स्थानीय देवदह मेडिकल कलेज भलुही पुर्याइएपनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


