यसपालिको हाम्रो मत मात्र हिरालाई: रुपन्देही एकका मतदाता

by समतल अनलाइन
18Shares

देवदह। रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फदेखि उम्मेदवार बनेका हिराबहादुर खत्रीनै आफ्नो क्षेत्रको विकासप्रेमी उम्मेदवार भएको स्थानीय मतदाताहरुले प्रतिक्रिया दिएका छन् । क्षेत्रनम्बर एकको विकासकालागि स्पष्ट योजना र कार्यक्रम ल्याउने उम्मेदवार हिराबहादुर खत्री भएको उल्लेख गर्दै त्यसक्षेत्रका मतदाताहरुले आफ्नो क्षेत्रको विकासकालागि हिरानै एक मात्र विकल्प भएको बताएका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ का विभिन्न पालिकाहरुमा कांग्रेसले गरेको घरदैलो कार्यक्रममा उल्लेखनीय सहभागिता जनाएका मतदाताले उम्मेद्वार खत्रीलाई फुलमाला अविर लगाउँदै जितको आशिर्वाद दिएका हुन् ।

मतदाताहरुले यसपाली जसरी पनि खत्रीले चुनाव जित्नु पर्ने प्रतिकृया दिदै विकासका स्पष्ट योजना, नवयुवाका चाहना, महिला सशक्तिकरण अभियान, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रका विकासकालागि खत्रीले प्रतिवद्धतापत्रमा स्पष्ट धारणा राखेकोले आफ्नो क्षेत्रको विकासकालागि खत्रीलाई नै मतदान गर्ने बताएका थिए । घरदैलोमा पुग्नु भएका हिराबहादुर खत्रीलाई भेटेका मतदाताले आफ्नो क्षेत्रको आशा र भरोशा खत्रीनै भएको बताए ।

मतदातासँग सुझावसँगै जितको आशिर्वाद लिदै उम्मेदवार खत्रीले मतदाताको चाहना, अपेक्षा र आशिर्वादलाई व्यर्थ जान नदिने प्रतिकृया दिनुभयो । उहाँले क्षेत्रनम्बर–१ मा गरिएको घरदैलोको सोमबार समापन गर्दै जसरी भएपनि रुपन्देही क्षेत्रनम्बर एकलाई नमुना क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले यसै क्षेत्रको माटोमा पसिना बगाएर, संघर्ष गरेर आफ्नो बाल्यकाल र युवा उमेर बिताएको उल्लेख गर्दै आउने समयमा पनि यसै क्षेत्रमा पसिना बगाउदै विकासका पुर्वाधार निर्माण गर्ने आश्वासन दिनुभयो । उहाँले घरदैलो कार्यक्रममा मतदाताहरुले दिएको सुझाव, हौसला, साथ र सहयोगको खुलेररै प्रशंसा गर्दै मतदातासँग गरेको बाचा, विश्वासलाई कहिल्यै नभुल्ने विश्वास दिनुभयो । यसैबीच घरदैलोको अन्तिम दिन रुपन्देही क्षेत्रनम्बर एकका ओसतिया, रोहिणी, तिलोत्तमा र देवदहका विभिन्न स्थानमा कांग्रेसले वृहद् ¥याली लिकालेको छ । ¥यालीसँगै विभिन्न स्थानमा गरिएको कोण सभामा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, जिल्ला सभापति रामकृष्ण खाँण, नेतृ गंगा शाही, तरुण नेताहरुले हिरानै क्षेत्रनम्बर एकको आधार स्तम्भ रहेको बताउनु भएको थियो ।

घरदैलोको अन्तिम दिन सोमबार हजारौको संख्यामा कांग्रेसका समर्थकहरु सहभागि भएको घरदैलोसँगै भएको ¥याली कार्यक्रममा पार्टिको विभिन्न तहका नेता तथा कार्यकर्ता समर्थकसँगै शुभेच्छुक, तरुण दलका सदस्यहरुको सहभागिता रहेको निर्वाचन परिचालन संयोजक हरिप्रसाद काफ्लेले बताउनुभयो । हजारौको संख्यामा सोमबार भएको ¥याली क्षेत्रनम्बर एकका विभिन्न पालिकाका वडा तथा टोलहरुको परिक्रममा गर्दै देवदहमा आएर समापन भएको थियो । ¥यालीसँगै घरदैलो कार्यक्रम पनि सम्पन्न भएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो ।

You may also like