कुवेतको गल्तीबस आक्रमणका कारण तीन अमेरिकी लडाकु विमान दुर्घटना, सबै ६ चालक सुरक्षित खरीबोट

by समतल अनलाइन
15Shares

काठमाडौँ । कुवेतमा अमेरिकी सेनाका तीन लडाकु विमान दुर्घटनाग्रस्त भएका छन् । अमेरिकी पक्षले यो घटना सम्भावित रूपमा आफ्नै पक्षबाट भएको आक्रमणका कारण भएको जनाएको छ ।

यसअघि कुवेती सेनाले ‘धेरै’ अमेरिकी लडाकु विमान खसेको जानकारी दिँदै घटनाको कारणबारे छानबिन भइरहेको बताएको थियो ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानविरुद्ध सञ्चालन भइरहेको ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत उडिरहेका एफ-१५ प्रकारका तीन विमान कुवेतको आकाशमा आफ्नै पक्षबाट भएको गल्तीपूर्ण आक्रमणका कारण खसेका हुन् । ति अमेरिकी लडाकु विमान कुवेतले गल्तीले गरेको आक्रमणका कारण खसेको बताइएको छ ।

विमानमा सवार सबै छ जना चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका र उनीहरूको उद्धार गरिएको अमेरिकी सेनाले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

You may also like