काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको बताएका छन् ।
चितवनमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भदौ २३ र २४ मा सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै समुह र व्यक्ति भएको बताएका हुन् ।
उनले भने- ‘पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी गोलि हानियो, त्यसपछि संरचना जलेका हुन् । जल्नु हुदैनथ्यो, गलत भयो तर गोलि ठोक्न हुदैनथ्यो मान्छे मार्न हुदैनथ्यो, त्यहीबाट ब्रिग्रिएको हो । आज पनि सिंहदरबार कसले जलायो भन्छन् । सिंहदरबार त्यसले जलायो, जसले सिंहदरबारलाई भ्रष्टचारको अखडा बनायो ।’
उनले आफुलाई अन्तिम इच्छा सोधिएको उल्लेख गर्दै फागुन २१ मा अन्तिम इच्छा पुर्याइदिन आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै पुराना दलले देश बनाउछन् भन्ने विश्वास अझै पनि छ भने सबै मत उनीहरुलाई नै दिन आग्रह गरेका थिए ।




