टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै, जित्नै पर्ने दबाबमा भारत

by समतल अनलाइन
71Shares

काठमाडौँ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुदैछन् ।आज पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि हुदैछ ।

सुपर आठको समुह १ अन्तर्गत यस खेलमा जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने छ । यस समुहमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक एक खेल जितेका छन् भने भारत र जिम्बाबेले एक एक खेल हारेका छन् ।

त्यस्तै आज अर्को खेल भर र जिम्बाबेबीच खेल हुदैछ । भारतको चेन्नईमा हुने यो खेल साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

भारत र जिम्बाबेले आफ्नो पहिलो खेल हारेका कारण सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा रहेका छन् । यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौड समाप्त हुने छ । सुपर आठको पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग र जिम्बाबे वेस्ट इण्डिजसँग हार बेहोरेको थियो ।

You may also like

This will close in 0 seconds