74
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ३२ सयले बढेर तोलाको ३ लाख १३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर तोलाको ५५९५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५४२५ मा कारोबार भएको थियो ।




