अँध्यारो अन्त्य गरी उज्यालो नेपाल बनाउँछौं – अध्यक्ष घिसिङ

by समतल अनलाइन
59Shares

बुटवल। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)ले देशभरि जनताको माग, समस्या र समृद्धिको सन्देश बोकेर चुनावी अभियान तीव्र पारेको जनाएको छ । आइतबार बुटवलमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले आफ्नो पार्टी जेन्जी आन्दोलनपछिको खुलेको र राजनीतिक विकल्पका रूपमा स्थापना भएको बताएका छन् ।

उनले नयाँ पार्टी भए पनि छोटो समयमै जनताको माया र विश्वास प्राप्त गरेको दाबी गर्दै विभिन्न क्षेत्रमा आफ्ना उम्मेदवारले अन्य दलसँग प्रतिस्पर्धा गर्ने सक्ने उल्लेख गरे।

भैरहवामा आयोजित आईतबार चुनावी सभालाई पनि सम्बोधन गर्दै उनले समग्र क्षेत्रको अँध्यारो अन्त्य गरी सबै क्षेत्रमा लोडसेडिङ हटाउने र गरिब परिवारको जीवनमा उज्यालो ल्याउने लक्ष्यसहित पार्टी अघि बढेको बताए। अध्यक्ष घिसिङले युवाको अपेक्षा र जनताको भरोसालाई मुख्य आधार बनाएर उज्यालो नेपाल पार्टी आगामी निर्वाचनमा सशक्त उपस्थितिका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरे।

You may also like

This will close in 0 seconds