93
काठमाडौं । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा २८ जना घाइते भएका छन् । सशस्त्र प्रहरीले घाइते २८ जनाको विवरण सार्वजनिक गरेको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ ।
ग १ ख १४२१ नम्बरको उक्त बसमा सवार १८ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।




