पाल्पामा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ

by समतल अनलाइन
119Shares

पाल्पा । ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले माथागढी गाउँपालिका–७ का १९ वर्षीय रेमबहादुर ठाडालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै दिएको उजुरीका आधारमा ठाडालाई पक्राउ गरिएको हो । जाहेरीसँगै गरिएको स्वास्थ्य परीक्षणमा करणी पुष्टि हुने रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ठाडालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

You may also like