पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली क्षेत्रमा हल्का वर्षा हिमपातको सम्भावना

by समतल अनलाइन
68Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

You may also like

This will close in 0 seconds