भ्रामक कन्टेन्ट बनाउने २९० लाई कारबाही गर्न आयोगको पत्राचार

by समतल अनलाइन
41Shares

काठमाडौँ । निर्वाचन आयोगले चुनावी आचार संहिता उल्लङ्घन गर्ने २९० वटा कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको छ।

आयोगले हानिकारक सूचना उत्पादन र सम्प्रेषण गर्ने व्यक्तिहरूको निगरानी गर्दै कानुनी कारबाही गर्न सम्बद्ध निकायलाई पत्राचार गरिएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सीता पुनले बताइन् ।

उनका अनुसार, मिथ्या र भ्रमपूर्ण सूचना प्रसारण गर्ने व्यक्तिहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कारबाहीका लागि पठाइएको छ। ११ जनालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ भने ६५ जनालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा पठाइएको छ । साथै, एक जनालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको छ।

निर्वाचन आयोगले हानिकारक सूचना र अभिव्यक्ति दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन कार्य सुरु गरेको छ । यस कार्यमा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई क्रियाशील रहेको आयोगले जनाएको छ ।

You may also like

This will close in 0 seconds