मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप

by समतल अनलाइन
64Shares

बुटवल। रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गरेका छन ।
नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका मतदातासंग दैनिक रुपमा प्रत्यक्ष घरदैलो र भेटघाट गरिरहेका छन । भेटघाटका क्रममा उनले आफ्नो लागि भोट माग्ने र आफ्ना कुरा मात्र सुनाउने गरेका छैनन्, धैर्यतापूर्वक मतदाताका कुरा सुन्दै उनीहरुका सुझाव समेत ग्रहण गर्ने गरेका छन ।

उनले आफ्नो क्षेत्रका मतदातासंग पुग्न नसकेका ठाँउमा कार्यकर्ता मार्फत गुनासा, सुझाव सुन्ने र आफ्ना योजना प्रतिवद्धतापत्र मार्फत राख्ने गरेका छन । थप सुझाव भए ‘टिपोट’ मार्फत आफूलाई बुझाउन कार्यकर्तालाई भनेका छन ।
चुनावी अभियानमा व्यस्त पाण्डेले भने – ‘ दाजुभाई दीदिवहिनीहरुका कुरा सुन्ने र हाम्रो स्पष्ट योजना सुनाउने गरेका छौ । म चुनावी उम्मेदवार मात्र बनेर आएको होईन, जिम्मेवारी निभाउन आएको हुँ । बोलेको कुरा व्यवहारमा लागु गर्न आएको हुँ । त्यसैले जनतालाई ढाट्ने काम मबाट हुँदैन ।’
मतदाता भेटघाटमा व्यस्त रहेका उनले शहरको समस्या, गाँउको समस्या र त्यसको पहिचान एवं विकासलाई अलग – अलग ढंगले योजनामा समेटेको बताए ।
उनी आज शनिबार आफ्नो क्षेत्रका विभिन्न ठाँउ हँुदै बुटवल उपमहानगरपालिका वडा नं ११ को तिनाउखोला छेउका सुकुम्वासी वस्तीहरुमा समेत पुगेका छन । तिनाउ किनार चुनावको समयमा सबैको नजरमा पर्ने र त्यसपछि गुमनाम हुने वस्ती हो ।

चुनावी घरदैलो अभियानमा उक्त वस्तीमा पुगेका विश्वदीपलाई त्यस ठाँउका वासिन्दाले आफ्ना दुःख, गुनासा र आशा समेटेर ७ बूँदे माग समेत बुझाएका छन । उनीहरुले दानव र तिनाउ नदी नियन्त्रणका साथै तिनाउ करिडोर निमार्णका लागि पहल गर्न माग गरेका छन ।
सो क्रममा उम्मेदवार पाण्डेले तिनाउ किनारका वासिन्दाको मागलाई गम्भीरतापूर्वक लिदै आफूले समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने – ‘सुरक्षित वस्ती, तटवन्ध व्यवस्थापन, क्षति न्यूनीकरण र सम्मानजनक जीवनका लागि आवश्यक पहल अब टार्न मिल्दैन । हामीले तपाईंहरूको आवाजलाई निर्णायक तहसम्म पु¥याएर सम्बोधन गर्ने दृढ प्रयास गर्नेछौं ।’

बुटवलको तिनाउ किनारका भूमिहिन सुकुम्वासी र अव्यवस्थित वस्तीका वासिन्दालाई लालपूर्जा र तटबन्धको नाममा सधै भोट बैंकको रुपमा प्रयोग गर्ने गरिएपनि समस्याको दिर्घकालिन समाधान हुन सकिरहेको छैन । उक्त वडामा १९ हजारभन्दा बढी मतदाता छन ।
घरदैलोका क्रममा उम्मेदवार पाण्डेले कृषकसंग पनि संवाद, भेटघाट र अन्र्तक्रिया गर्दै आएका छन । सैनामैना र तिलोत्तमाका विभिन्न ठाँउमा घरदैलो गर्दा भेटिएका उनले यी ठाँउका खेतियोग्य भूमी संरक्षण गरी कृषकलाई व्यवसायिक बनाउँदै उत्पादनसंग जोड्न आफूले पहल लिने उल्लेख गरे ।
भेटघाटका क्रममा किसानसंग पुगेका उनले व्यवसायीक कृषिका लागि किसानलाई सिंचाई, मल, बिउँविजन, ट्रयाक्टर र हाते ट्रयाक्टर लगायतका कृषिजन्य सामाग्रीलाई राहतमा उपलव्ध गराउन आफूले भूमिका खेल्ने बताए ।

कृषिलाई व्यवसायीकरण गर्न नसक्दा लाखांै कृषकको जीवनस्तरमा सुधार आउन नसकेको जनाउदै उम्मेदवार पाण्डेले उत्पादनलाई बजारसंग जोड्न राज्यको समन्वयकारी भूमिका हुनुपर्नेमा समेत जोड दिए ।

रुपन्देहीका हरेक उद्योगी, व्यवसायीका साथै किसान , मजदुर एवं सबै पेशा व्यवसायीका आवाज संसदमा पुर्याउने गरी आफू चुनावी प्रतिस्पर्धामा आएको उनले बताउने गरेका छन । ‘जनतालाई ढाट्ने र झुक्याउने खेल बन्द गर्नैपर्दछ । अब कुनै पनि प्रलोभनमा लाग्नु हुँदैन । मैले जनतालाई ढाटेर आफ्नो राजनीतिक भविश्य दाउमा राख्नु छैन ।’ – नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीपले भने – ‘अब भाषणले पुग्दैन । काम गरेर देखाउने समय आएको छ । काम गरेरै देखाउने छु ।’
निर्वाचनको मिति नजिकिदै जाँदा आफ्नो विजयी यात्रा थप मजबुत हुँदै गएको उनले बताए । यस्तो अवस्था घरदैलोको क्रममा जनताले देखाएको माया, सल्लाह र केही सकारात्मक आक्रोशबाट देखिएको उनको जिकिर छ ।
त्यसो त उम्मेदवार पाण्डेलाई विजयी बनाउन नेता कार्यकर्ताहरु दिनहँु घरदैलोमा खटिरहेका छन । मतदाता र कार्यकर्ताको सहज सम्पर्कका लागि रुपन्देही क्षेत्र नं –२ का विभिन्न ठाँउमा प्रचार कार्यालय राखिएको छ ।

आज शनिबार सैनामैना नगरपालिकाको १ र २ नम्बर वडा एवं बुटवल उपमहानगरपालिकाको वडा नं – ७ आलेचोकमा प्रचार कार्यालय स्थापना गरिएसंगै घरदैलो जारी रहेको सो पार्टीले जनाएको छ । प्रचार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार विश्वदीपले जेनजी आन्दोलनको भावना र मर्मलाई अपहरण हुन नदिन तारा चिन्हमा मतदान गर्न सबैमा आव्हान गरे ।

नेकपाका नेता कार्यकर्ता आफ्नो घर टोलका मतदाता समक्ष चुनावी ऐजेण्डा र प्रतिवद्धतापत्र सहित पुगिरहेको पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं – २ का निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ले बताए ।
उनका अनुसार उम्मेदवार सहितको घरदैलो, भेटघाट र अन्र्तक्रिया अभियान दैनिक दुई चरणमा गरिएको छ भने उम्मेदवार पुग्न नसकेका ठाँउमा कार्यकर्ताले लगातार घरदैलो गरिरहेका छन । रुपन्देही क्षेत्र नं – २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नं सम्मका वडा, तिलोत्तमाका १ देखि ६ नं सम्मका वडा र सैनामैनाका १ देखि ४ नं सम्मका वडा पर्दछन ।

You may also like