अधिकृतको वैध कमाई पौने दुई करोड, भ्रष्टाचारको कमाई साढे १० करोड !

by समतल अनलाइन

काठमाडौां। लेखापालबाट सरकारी सेवामा प्रवेश गरी उपसचिब पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउँलान् ? एक करोड, डेढ करोड वा दुई करोड ?

तपाईलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले ३१ बर्षे सेवा अवधिमा साढे १० करोड रुपैंयाँ कमाएका छन् ।

तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैंयाँ कमाएका हुन् । बस्नेतले तलब भत्ता, टिएडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेर मात्र उक्त रकम कमाएका होइनन् ।

उनको वैध आम्दानी पौने दुई करोड रुपैंयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रुपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like