44
काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ । माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै माघ महिनाको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजश्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो ।
आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ ।



