नेप्सेमा सामान्य करेक्सन, कारोबार ८ अर्ब माथि

by समतल अनलाइन
77Shares

काठमाडौँ । नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३० कम्पनिका एक करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, निर्जीव वीमा र  ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज एसवाइ प्यानल, श्रीनगर एग्रो र हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको ९.९४ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज मिथिला लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४१ करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३८ करोड ५० लाख कारोबार भएको छ ।

You may also like