35
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने भएको छ ।

सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, क्रिकेट प्रशासक तथा प्रमुख सरोकारवालाहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा एसियाली क्रिकेटका रणनीतिक प्राथमिकता, विकास योजना, सुशासन र दीर्घकालीन दिशाबारे व्यापक छलफल गरिने क्यानले जानकारी दिएको छ ।



