शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

by समतल अनलाइन
82Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् ।

धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र कसैमाथि दोष वा रिसराग नभएको स्पष्ट पारे । उनले भने, ‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेतासँग पनि संवादमा छु। हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ। अहिले एक ढिक्का छौँ।’

उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको स्मरण गर्दै कांग्रेस अब बदलिएको र सोचमा परिवर्तन आएको बताएका छन् । सभापति थापाले भने, ‘फागुन २१ को निर्वाचन योजनाबद्ध होइन, अकस्मात् भयो। फागुन २३ र २४ को घटना पनि अकस्मात् भयो । देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भनेर उक्त आन्दोलन भएको थियो। यसपछि अरु पार्टी बदलिए-बलिएनन्, थाहा भएन, हामी बदलिएर, सोच बदलेर आएका छौँ।’

थापाले नयाँ नेतृत्वभित्र पार्टीको सुधार र सोचको परिवर्तन भई माघमा सम्पन्न अधिवेशनपछि कांग्रेसले नयाँ रूप लिएको उल्लेख गरे।

You may also like