61
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउने आदेश नदिएको जिकिर गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा जेनजी आन्दोलनमा तत्कालीन सरकारले गोली चलाउन आदेश दिएको भन्दै तीव्र प्रचार हुन थालेपछि ओलीले पुनः सो जिकिर गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा भ्रम चिर्न आग्रह गर्दै आफूले गोली चलाउने आदेश नदिएको जिकिर गरेका हुन् ।
‘भ्रम चिरौँ । भाद्र २३ को दिन मैले गोली चलाउने कुनै आदेश दिएको छैन । म र एमालेकाविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गर्दछु,’ ओलीले भनेका छन् ।
त्यस्तै उनले नेपालको संविधानले प्रधानमन्त्रीलाई गोली चलाउने आदेश नदिएको भन्दै आफ्नो बचाउ गरेका छन् ।



