सर्लाही पुगे काँग्रेस सभापति गगन थापा

by समतल अनलाइन
38Shares

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी अभियान शुरु गर्न सर्लाही पुगेका छन् । सोमबार बिहान सिमरा विमानस्थलमा उत्रिएका सभापति थापाको काँग्रेस नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

सर्लाही-४ बाट उम्मेदवार बनेका थापाले अब आफ्नो क्षेत्रमा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेर चुनावी अभियान शुरु गर्ने बताइएको छ ।

थापाको सर्लाही बसाइका क्रममा उनले आफ्नो क्षेत्र बाहेक समग्र मधेश प्रदेशको चुनावी क्याम्पेनको नेतृत्व गर्ने बताइएको छ । काँग्रेसले मधेश प्रदेशमा आगामी फागुन ७ गते चुनावी विशेष सभाको आयोजना गर्ने निर्णय गरिसकेको छ ।

You may also like