फागुन २१ को निर्वाचन लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन

by समतल अनलाइन
72Shares

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्याको तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ।

आयोग परिसरमा स्थापना गरिएको उक्त केन्द्रबाट निर्वाचनसँग सम्बन्धित सबै प्रकारका समस्या तत्काल समाधान गरिने आयोगले जनाएको छ। आयोगले उक्त केन्द्र आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

आयोग परिसरमै स्थापना गरिएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको हो।

शुभारम्भ कार्यक्रममा भण्डारीले कुनै निर्वाचन क्षेत्रमा समस्या देखिएमा केन्द्रले तत्काल समाधानका लागि काम गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार मतदान केन्द्रमै समाधान हुन नसक्ने समस्या संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत समाधान गरिनेछ।

You may also like