विश्व क्यान्सर दिवसमा रुपन्देहीमा जनचेतनामूलक कार्यक्रम हुने

by समतल अनलाइन
31Shares

रुपन्देही । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ ।

शनिबार बुटवलमा बसेको संस्थाको कार्यसमिति बैठकले माघ २१ गते (फेब्रुअरी ४) तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा क्यान्सर सचेतना कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै संस्थाका अध्यक्ष खिमबहादुर हमालले क्यान्सरबारे आम नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

बैठकले यसअघि मनोनित गरिएका सल्लाहकारहरूलाई सम्मानसहित स्वागत गर्ने निर्णयसमेत गरेको छ । यसअघि बसेको बैठकले समाजसेवी निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ, हरिप्रसाद अर्याल, डा. रोहितराज क्षेत्री, केन्द्रीय सदस्य मधुसुदन गैरे, भिम तुलाचन, चिरञ्जिवी जोशी र पुरुषोत्तमभक्त प्रधानाङ्गलाई संस्थाको सल्लाहकारमा मनोनित गरेको थियो ।

बैठकमा अध्यक्ष हमालले गत पुस २५ गते काठमाडौंमा सम्पन्न नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औँ साधारण सभा तथा अधिवेशनमा रुपन्देही जिल्लाबाट भएको प्रतिनिधित्व र त्यहाँ भएका गतिविधिबारे जानकारी गराउनुभयो ।

त्यसैगरी काठमाडौंको बालकुमारीमा निर्माणाधीन संस्थाको भवनका लागि रुपन्देही शाखाबाट १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

You may also like