55
काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३१ कम्पनिका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज एसवाई प्यानल, श्रीनगर एग्रोम नेपाल माइक्रो इन्सुरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबीलुंग इनर्जी, रिलायन्स फाइनान्स र अन्खु खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको । त्यस्तै एभरेष्ट बैंकको डिभेन्चरको सबै भन्दा बढी ५.८० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ५९ लाख कारोबार भएको छ भने ग्रीन भेन्चरको ३९ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।



