51
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न संघसंस्थालाई आफ्नो निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ। आयोगले शुक्रबार चुनाव स्थगित गर्न निर्देशन दिएको हो।

स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशस्तरीय निर्वाचन, नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा तथा नेपाल चिकित्सक संघका प्रदेश निर्वाचन स्थगित गर्न भनिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेकाले संघ–संस्थाका निर्वाचन स्थगित गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।



