49
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शन गरेका छन् ।

चुनावी अभियानका बीच बालेनले शुक्रबार बिहानै पाथीभरा मन्दिर पुगेर पुजा गरेका छन् ।
झापा–५ का उम्मेदवारसमेत रहेका शाहले मुक्कुमलुङ पुगेर पाथीभरा माताको दर्शन गर्दै मन्दिर परिसरको अवलोकन गरेका थिए । बालेन चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै बिहीबार साँझ ताप्लेजुङ पुगेका थिए । पाथीभरा दर्शनपछि उनी आजै तेह्रथुम हुँदै पुनः झापा फर्किने कार्यक्रम रहेको बताइएको छ ।



