डीएसपी ईन्द्र रानालाई बुटवल उद्योग वाणिज्य संघद्वारा विदाई

by समतल अनलाइन
26Shares

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ईन्द्र रानालाई विदाई गरिएको छ । बुटवलबाट अपराध महाशाखा काठमाण्डौमा सरुवा हुनु भएका रानालाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहिबार विदाई गरेको हो ।

त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले इलाका प्रहरीको नेतृत्वमा रही यस क्षेत्रको शान्ति सुरक्षामा डिएसपी रानाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनु भयो । प्रनाउ रानाले इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड समालेयता यस क्षेत्रमा त्यसप्रकारका अप्रिय घटना नघटेको र स्थानीय संघसंस्थाहरुसंगको समन्वय समेत प्रभावकारी रहेको बताउनु भयो । उहाँले आगामी दिनमा अन्य क्षेत्रमा रहँदा पनि बुटवलको साख कायम राख्न आग्रह गर्नुभयो ।

त्यसैगरी प्रनाउ रानाले यस क्षेत्रका व्यवसायिक संघसंस्था, जनप्रतिनीधिहरु र यस क्षेत्रका आम समुदायले गरेको सहयोगका कारण कुनै प्रकारको अप्रिय घटना हुन नपाएको भनाई राख्नुभयो । उहाँले आफू एक्लैले भन्दा पनि सबैको साथ र सहयोगले बुटवललाई शान्ति सुरक्षा कायम गर्न मद्धत मिलेको भनाई राख्नुभयो ।
संघमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्त ढकाल, सचिव प्रतिक पोखरेल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

You may also like