काँग्रेसले गुल्मीमा चन्द्र भण्डारी र भुवन श्रेष्ठलाई बनायो उम्मेदवार

by समतल अनलाइन
51Shares

तम्घास । नेपाली काँग्रेसले गुल्मीबाट चन्द्र भण्डारी र भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

काँग्रेसले गुल्मी-१ मा चन्द्र भण्डारी र गुल्मीको क्षेत्र नम्बर- २ मा भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।

चन्द्र भण्डारीले २०७९ को चुनावमा एमालेका प्रदीप ज्ञवालीलाई पराजित गर्दै विजयी भएका थिए । यस पटक गुल्मी-१ मा एमालेबाट फेरी ज्ञवाली नै उम्मेदवार बनेका छन् भने रास्वपाले सागर ढकाललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै गुल्मी- २ मा एमालेले गोकर्ण विष्टलाई उम्मेदवार बनाएको छ भने उनको प्रतिष्पर्ध अब काँग्रेसका भुवन श्रेष्ठसँग हुने भएको छ ।

You may also like