54
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। निर्वाचन आयोगको पत्रचारपछि प्रसाईं पक्राउ परेको हो ।
निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ । उनलाई काठमाडौं ल्याउँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।



